साथी शिक्षा

SAM_0743-500x200

साथी शिक्षा भनेको के हो ?

साथी शिक्षा भन्नाले एक प्रकार को शिक्षण प्रकृया हो जसमा तालिम प्राप्त, कुसल नेतृत्व र प्रेरणादायी भूमिका गर्न सक्षम मानिसहरुले संचालन गर्ने÷गरेका अनौपचारीक वा औपचारीक शौक्षिक गतिविधिहरु हुन् जुन उनीहरुले आफ्नो साथीहरुसंग गर्छन् । 〈साथीहरु भन्नाले एकै उमेर समूह, पृष्ठभूमी, वातावरण, इच्छा, चाहनाका व्यतिहरु बुझिन्छ ।〉साथी शिक्षा जहाँ पनि हुनसक्छ । सानो समुहमा, व्यति व्यति बिचमा यसका थुप्रै तरिका हुनसक्छ, स्कुल, कलेज, क्लब, मण्डली, कार्यस्थल, सडक, घर वा जहाँमानिसहरु जम्मा हुन्छन् । साथी शिक्षाधेरै व्यतिहरु वा उमेर समुहसँग विभिन्न लक्ष्य प्राप्त गर्न समेत उपयोगी हुन्छ । हालकोसमयमा साथी शिक्षाको कृयाकलापको रोकथाम तथा प्रजनन् स्वास्थसँग संम्बन्धित कार्यक्रमहरुलाई संचालन गर्न संसारभर उल्लेख र प्रचुर मात्रामा प्रयोग गर्ने गरिएको छ ।

 

युवा साथी शिक्षाका कृयाकलापहरुको उदाहरण के के हुन सक्छ ?

क. माध्यामिक स्तरीय विद्यार्थीहरु बिचको व्यबस्थित शिकाई सत्रहरु जसमा साथी शिक्षकहरुले विभिन्न              अन्तरकृयात्मक विधिहरु गर्न सक्छन् जस्तै खेल हाजिरी जवाफ, भूमिका निर्वाह, कथाभन्ने आदी ।

ख. नाटक तथा चलचित्र अवलोकन एवं अवलोकन पश्चातको छलफल ।

ग. किसोर किशोरी÷युवाहरुको जमघत स्थानमा गरिने व्यवस्थित छलफलहरु जहाँउनीहरुले विभिन्न विषयमा छलफल गर्न सक्छन्, जुन विषयहरुले उनीहरुकोस्वास्थमा नकारात्मक असर गर्न सक्छ र त्यहाँ जहाँ उनीहरुले बढि भन्दा बढि सुचना तथा व्यवहारिक सहयोग प्राप्त गर्न सक्छन् ।

 

साथी शिक्षा नै किन ?

युवा व्यतिले गर्ने व्यवहारहरु उसको साथीहरुको समुहमा अत्यन्त प्रेरक व्यवहार हुनेगर्छ । यो सकारात्मक तथा नकारात्मक दुबै प्रकारले प्रेरणादायी हुने गर्छ । युवाहरुमाझ सामाजिकरुपमा अस्विकार्य विषयहरु तथा धेरै संवेदनशिल व्यवहार वा कुराहरुबारे धेरै सूचनाहरु एकबाट अर्कोमा प्रसारीत हुनु अन्यथा होइन । तसर्थ साथी शिक्षाले साथी वर्गका व्यक्तिहरुलाई सकारात्मक रुपमा प्रेरित गर्न मदत गर्छ ।

लक्षित समुहहरु माझ साथी शिक्षकको क्षमता एवं विश्वसनियतामाथि साथी शिक्षाकार्यक्रमको सफलता असफलता निर्भर हुन्छ । साथी शिक्षाका कृयाकलापमा साथी शिक्षक र प्रसिक्षार्थीहरुबिच धेरै सहजरुपमा सुचनाहरु सम्प्रेशित एवं सहज बुझाई भएका तथा हुने गरेको तथ्यहरु साथी शिक्षामा भाग लिएकाहरुले अनुभव गरेका हुन्छ । यसको मूल कारण साथी शिक्षक र प्रशिक्षाथी बिच रहेका वषयप्रतिको समान चाहना, आवश्यकता र पृष्ठभुमी  हो ।

साथी शिक्षकहरु सामान्यतया अधिकारीक शिक्षकहरु जस्तो निश्चित व्यवहार अवलम्बन गर्नुपर्ने कुरातर्फ निर्णयात्मकरुपमा जोड दिन सक्ने स्थानमा नरहने हुँदा साथी शिक्षाका कक्षाहरु एक आपसमा आफ्नो  विचारहरु साट्ने तथा विभिन्न सल्लाहहरु लिने दिने प्रकृतिका हुने हुँदा यसबाट सुचनाहरु बढि प्रष्ट र प्रभाबकारीरुपमा सम्प्रेषण हुन्छ । साथी शिक्षा युवाहरुलाई उनीहरुले चाहेका तथा उनीहरुलाई असर पर्ने विषयहरुमा लक्षित रहेको हुन्छ साथै यसले आफ्नो  विचारहरुलाई अन्य सामुराख्ने वातावरणको सृजना गरिदिन्छ तसर्थसाथी शिक्षाले युवाहरुलाई आवश्यक सुचना एवं अवसर प्रदानगरी उनीहरुको ससतिकरणमा समेत सहयोग पु¥याउने हुन्छ ।

11-500x200

साथी शिक्षाका व्यवहारिक तरिकाहरु

DSC_4852-600x250

This is a unique website which will require a more modern browser to work! Please upgrade today!