सजिलो नेप्किन

images (1)

यो एउटा पुनः प्रयोग गर्न सकिने कपडाको प्याड लाई दिईएको नेपाली नाम हो ।

जुनबेला वियोण्ड नेपालले कपडाको सेनीटरी प्याड नेपाली महिलाहरु सामु ल्यायो,त्यसबेला कपडाको सेनीटरी प्याड प्रति नेपाली महिलाहरुको पहिलो प्रतिकृया थियो “सजिलो” दोस्रो प्रतिकृया “राम्रो” र तेस्रो प्रतिकृया थियो “नरम” । उनीहरुको प्रतिकृयाको अधारमा नेपाली महिलाहरुलाई महिनावारी ब्यवस्थापनमा अप्थ्यारो रहेको कुरा हामीले बुझ्यौ र यस कपडाको सेनीटरी प्याडलाई हामीले सजिलो नेप्किनको नाम दियौ । यो नाम सम्झन पनि सबैलाई सजिलो र सुन्नमा पनि रमाइलो छ ।

सजिलो नेप्किन कसरी डिजाईन गरिएको हो ?

सन् २००९ मा कोरियन बैकल्पिक सेनीटरी नेप्किन जस्तै गरी सजिलो नेप्किन डिजाईन गरियो ।कोरियन बैकल्पिक सेनीटरी नेप्किनको जस्तो डिजाईन नेपाली महिलाहरुको लागि उपयुक्त नभएकोले सन् २०१० मा यसको आकार, कपडाको प्रकार र रंगमा परिवर्तन गरियो ।

ग्रामीण क्षेत्रहरुमा टाँक 〈button〉 उपलब्ध नहुने र उपलब्ध भए पनि महंगो भएको तथ्यलाई बुझेर सन् २०१३ मा यसको डिजाइनलाई पुनरावलोकनगरी टाँक 〈button〉 को सट्टामा तुनाको प्रयोग गर्ने गरी डिजाइन गरियो । यो डिजाइन ज्यादै सफल भयो । तुना बनाउन र प्रयोग गर्न सजिलो  र बनाउन अतिरिक्त मुल्य पनि पर्दैन किनभने सजिलो नेप्किन बनाउँदा बाँकि रहेको कपडाको टुक्रालाई तुना बनाउन प्रयोग गर्न सकिन्छ ।

सन् २०१३ मा उपयुक्त प्रकारको सुतीको कपडा 〈Fine Cotton〉 भेट्टाइयो जसमा सोस्ने क्षमता अन्य सुतीको कपडामा भन्दा बढि थियो । तसर्थ उक्त सुतीको कपडा 〈Fine Cotton〉 लाई नै सजिलो नेप्किन बनाउंदा बाहिरी 〈Outer〉 र भित्री 〈Inner〉 कपडाको रुपमा प्रयोग शुरु गरियो ।
हामी किन सजिलो नेप्किन प्रयोग गछौ ?

किनभने यो…

  • एकदम सजिलो छ, सुविधायुक्त  छ
  • एकदम सुरक्षित छ ⁄ यता उता चल्दैन ⁄ चुहिदैन ⁄
  • एकदम आकर्षक छ ⁄ विभिन्न रंग, डिजाईन र मोडेलमा बन्छ र बनाउन सकिन्छ
  • सुरक्षा गर्न सजिलो छ ⁄ खालि धुने र सुकाउन पर्छ
  • सुकाउन एकदम सजिलो छ
  • पुन प्रयोग गर्न सकिने, सुरक्षा गरेमा धेरै बर्ष  टिक्छ
  • एकदम सानो र पातलो ⁄ विद्यालय पोसाकमा पनि चिन्ता नहुने
  • हाम्रो स्वास्थ लाई राम्रो ⁄ रसायनिक पदार्थ रहित य हाम्रो पैसाको बचत ⁄ हरेक महिना खरिद गर्न नपर्ने / छाला मैत्री ⁄ छालाको समस्या हुने संभाबना कम छ
  • वातावरण मैत्री ⁄ रुखविरुवा विनाश गर्नु पर्दैन र फाल्न पर्दैन

सजिलो नेप्किन कसरी प्रयोग गर्ने ?

प्याड प्रयोग गर्न सजिलो छ ।

  • प्रयोग गर्नुभन्दा पहिला धुर्नुपर्छ ।
  • भित्री लुगाको भित्र सफा, सुख्खा कपडा राख्ने
  • भित्री लुगाको चारैतिर छेउका दुई भागलाई बेर्ने 〈पखेटा〉 बन्द गर्ने वा दुई भागलाई एकै ठाँउमा टाँक लगाउने
  • एक पल्ट प्याड भिजेर भरिएमा अर्को प्याड बदल्ने

सजिलो नेप्किनलाई कसरी हेरविचार गर्ने

यो अत्यन्त सजिलो छ,

  • चिसो पानीमा भिजाउने अनि साबुनले धुने त्यसपछि घाममा सुकाउने
  • धुनलाई धेरै बल नलगाउने, विस्तारै धुने
  • घाममा सुकाउन नहिचकिच्याउनु, यो हामी महिलाहरुको अधिकार हो,
  • हाम्रो राम्रो स्वास्थको लागि यसलाई घाममा नै सुकाउनु पर्छ ।

This is a unique website which will require a more modern browser to work! Please upgrade today!