वेबसाइटको बारेमा

लामो समय देखि सरसफाई तथा स्वास्थ्यको विकासका लागि विभिन्न क्षेत्रबाट धेरै प्रयासहरु हुंदै आएका छन् । उक्त प्रयासहरुले स्वास्थ्य र सरसफाइ क्षेत्रमा उपलब्धिहरु पनि हासिल भयो । जसको फलस्वरुप शहस्राब्दी विकास लक्ष्य हासिल गर्ने क्रममा केहि सफलताहरु तथा केहि असफलताहरु पनि भए । ती मध्ये विषेशगरी महिला स्वास्थ्य र सरसफाईको विषयमा स्पष्ट साथ महिनावारीसरसफाई तथा स्वास्थ्य एवं सुरक्षित महिनावारीलाई लिन नसकिएको स्थिति थियो । नेपालमा भएका विभिन्न खाले अध्धयनहरुले पनि महिनावारी सरसफाई प्रति उचित ध्यान पुग्न नसक्दा महिलाहरुले शारिरीक एवं मानसिक रुपमा दुःखपाएको कुराहरुलाई देखाएको छ । त्यसैगरी सन् २०१० मा बनेका राष्ट्रिय सरसफाई गुरुयोजना ९ल्बतष्यलब िक्बलष्तबतष्यल ७ ज्थनष्भलभ ःबकतभच एबिल द्दण्ज्ञण्(द्दण्ज्ञठ० ले पनि विशेषगरी उचित सरसफाई एवं पूर्वाधारको कमीले विललयमा छात्राहरु महिनावारीको वेलामा धेरै अनुपस्थित हुने तथ्यलाई औल्याउँदै यसमा आवश्यक कदम चाल्नुपर्ने यर्थाथ देखाएको थियो ।

वास्तबमा महिनावारी सरसफाईबारे उचित सरसफाई एवं पूर्वाधारको विकास मात्र नभई उचित चेतना, ज्ञान तथा सुचनाको विकास अर्को महत्वपुर्ण पाटो हो जसतर्फ वास्तवमा बढी ध्यान जानु पथ्यो ।सम्पूर्ण महिलाहरु नै पिडित छन् । तर सम्भवतः महिलाहरुको मात्र आवश्यकता भएको हुंदा समाजले यस बारे राम्रो चासो देखाउन नसकेको हुनसक्छ । जसको फलस्वरुप प्रत्येक महिला महिनावारीको वेलामा आफनो प्रतिकुल वातावरणमा पनि आफनो जीवनयापन गर्न बाध्य छन् । यसको कारणले महिला सशक्तिकरणको क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रुपमा असर परेकै छ । तसर्थ यीनै कारणहरुले यस महिनावारीको विषयमा आवश्यक चेतना ज्ञान, र सुचना अभिवृद्धि गर्ने उदेश्यले विद्यालयका छात्रा विद्यार्थीहरुलाई लक्षित गरी यो विद्यालयका छात्रा साथी शिक्षकको लागि महिनावारि सरसफाइ बारेसुचना स्रोत पुस्तक विध्यालयका छात्राहरुको लागि महिनावारी सरसफाई शिक्षा–३ कार्यक्रमबाट तयारभएको छ ।

यस पुुस्तकमा विद्यालयका छात्राहरुलाई महिनावारी सरसफाई तथा व्यवस्थापनबारे आवश्यकसुचना, महिनावारीको समयमा प्रयोग गर्न सकिने सजिलो नेप्किन (कपडाको नेप्किन) बनाउने तरिका तथा विद्यालयमा अन्य साथीहरुमा महिनावारीवारे बोल्न र सिक्न सिकाउन तथा महिनावारी व्यवस्थापनका लागि आवश्यक सुचना पुयाउने तरिका बारे चर्चा गरिएको छ । यो पुस्तकले साथी शिक्षकहरुबाट विद्यार्थीहरुमा महिनावारी वारे चेतना अभिबृद्धि तथा सुचना सम्प्रेशनमा सहयोग पुग्ने आशा राखेकाछौं ।

अन्तमा यो विद्यालयका छात्रा साथी शिक्षकको लागि महिनावारि सरसफाइबारे सुचना स्रोत पुस्तकका लेखक सङ्ग मि जंङ्ग ज्यु, तथा यस पुस्तकको पाण्डुलिपीलाई आ–आŠनो विषेशता क्षेत्रबाट पुनराबलोकन गरीदिई सहयोग गरी दिनु भएकोमा भक्तपुर अस्पतालका स्त्री रोग विषेशज्ञ डा. जमुना किरण पौडैल ज्यु तथा बासु उच्च मा.बि. का प्राचार्य अम्विका न्याईच्याई ज्यु, तथा यस पुस्तकलाई हात हातमा पुग्न सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिंदै यस क्षेत्रमा कार्यरत संघसंस्थार व्यक्तिहरुले यसको प्रयोग गर्नुभई भविष्यमा यस पुस्तिकालाई अझ सुधार गर्न सल्लाह दिनुहुन हामी विन्रम आग्रह गर्दछौं ।

This is a unique website which will require a more modern browser to work! Please upgrade today!