Menstruation Education

परिचय

सामान्यतया महिनावारी 〈रजस्वला〉 लाई नराम्रो, फोहर,अशुद्ध तथा लाजलाग्ने कुरा भनेर बुझ्ने गरेको पाईन्छ । यस प्रकारका सोच तथा विश्वासका कारणले गर्दा महिनावारी भएको बेला एकातिर महिलाहरुले थुप्रै बन्देज एंव निषेध गर्ने व्यवहारहरु सहन परिरहेको छ भने अर्कातिर यस्ता सोच तथा विश्वासका कारणले गर्दा महिनावारीसंग सम्बन्धित ज्ञान एबं सुचनाहरुप्रति सामाजिक चेतना अभिबृद्वि तथा महिनावारी सरसफाईको विषय सधै अंध्यारोमा पर्न गएको छ । महिनावारीसंग सम्बन्धित ज्ञान एबं सुचनाहरुको कमी तथा महिनावारीसरसफाईमा भोग्न पर्ने अप्थ्याराहरुको कारणले महिलाहरुको प्रजनन् स्वास्थमा मात्र असर पर्ने नभई उनीहरुको आत्मसम्मान र स्वाभिमानमा समेत असर गर्ने गरेको पाईन्छ । आफ्नो जीवनको लगभग ४५ बर्षसम्म हरेक महिना ४–७ दिन महिलाहरुले आफुलाई फोहर तथा अशुद्व भएको मान्ने गरेको पाईन्छ । यस्तो व्यवहारहरु समाजले मात्र नभई महिलाहरुले नै महिलाहरुलाई समेत गर्ने गरेको पाईन्छ । उक्त फोहर तथा अशुद्व मानेर अछुत 〈छन नहुने〉 जस्तो छुट्टै व्यवहार गरीएको हरेक महिना ४ दिनको दरले मात्र हिसाब गरेपनि महिलाहरुले आफ्नो जीवनको लगभग १६८० दिन अर्थात सरदर साढे चार बर्ष बन्देज एंव निषेधसहेर बाच्नु परिरहेको छ ।

साथि शिक्षा भनेको के हो ?

साथी शिक्षा भन्नाले एक प्रकारको शिक्षण प्रकृया हो जसमा तालिम प्राप्त, कुसल नेतृत्व र प्रेरणादायी भूमिका गर्न सक्षम मानिसहरुले संचालन गर्ने÷गरेका अनौपचारीक वा औपचारीक शौक्षिक गतिविधिहरु हुन् जुन उनीहरुले आफ्नो
साथीहरुसंग गर्छन् । साथीहरु भन्नाले एकै उमेर समूह, पृष्ठभूमी, वातावरण, इच्छा, चाहनाका व्यतिहरु बुझिन्छ ।

लैंगिकता भनेको के हो ?

महिला र पुरुषको लागि सामाजिक रुपमा निर्माण गरिएको महिला र पुरुषको भूमिका एवं सामाजिक सम्बन्धलाई लैङ्गिकता भनिन्छ । लैङ्गिकताले महिलाका विषयमा मात्र ध्यान गर्ने नभई दुबै महिला र पुरुषमा ध्यान गर्छ । लिङ्ग र लैङ्गिकता एकै होइन यी बिचको भिन्नता भनेको लैङ्गिकता सामाजिक रुपमा बनेको हो भने लिङ्ग प्राकृतिक रुपमा ।

महिनावारी भनेको के हो ?

महिनावारी अथवा मासिक धर्म हुनु भनेको केटीहरु किसोरावस्थामा प्रवेश गर्दाको एक महत्वपूर्ण एवं प्रमुख चरण हो । यो अन्य अनेकौ लक्षणहरु मध्ये एक लक्षण हो । जसले यो बताँउछ की एउटी सानी केटी अब एक वयस्क महिला हुने प्रकृयामा छिन । महिलाहरुमा मासिक रुपमा योनीबाट हुने रक्तश्राव महिनावारी हो ।

सजिलो नैप्किन

यो एउटा पुनः प्रयोग गर्न सकिने कपडाको प्याड लाई दिईएको नेपाली नाम हो ।

This is a unique website which will require a more modern browser to work! Please upgrade today!